काठमाडौँ । डेंगु सङ्क्रमितको संख्या नेपालमा ३० हजार नाघेको छ । ३० हजार ८९८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कले जनाएको छ ।
ईडीसीडी महाशाखाले सङ्क्रमितमध्ये आठ महिनाको अवधिमा १५ जनाको मृत्यु भएको छ भने ७६ जिल्लामा सङ्क्रमण देखिएको जनाएको छ ।
सुनसरी जिल्लामा सबैभन्दा धेरै सङ्क्रमित पुष्टि भएका छन् । महाशाखाले सुनसरीमा १५ हजार ९९९ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
- न्युज बहार संवाददाता