Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कुन उमेर समुहका व्यक्तीले एकदिनमा कति पानी पिउने?

  •   १ वर्ष अघि | १९ जेष्ठ २०८२, आइतवार

जेठ १८, काठमाडौँ । अहिले नेपाको धेरै जसो स्थानमा गर्मी बढ्न थालेको छ । गर्मीमा डिहाइड्रेसन (निर्जलीकरण)  को समस्या उच्च हुन्छ । शरीरमा पानीको कमी हुनुलाई डिहाइड्रेसन भनिन्छ । डिहाइड्रेसन हुँदा जसले पखाला, लो ब्लड प्रेसर, चक्कर लाग्ने र बेहोस हुने जस्ता धेरै गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ ।

डिहाइड्रेसनको समस्या पर्याप्त पानी नपिउनाले हुन्छ । यसबाट बच्नको लागि हरेक उमेर समुहको व्यक्तिले आफ्नो शरिरलाई आवश्यक तरल पदार्थको सेवन गर्नु गरुरत हुन्छ । यसका लागि हामिले भरपुर पानी पिउनुपर्छ । हरेक व्यक्तीले कति पानि पिउने भन्ने आफ्नो उमेर, शरीरको आकार, गतिविधि स्तर र हावापानीमा निर्भर गर्दछ।

यहाँ सामान्य अवस्थामा फरक उमेर समूह अनुसार कुन उमेर समुहले कति पानी पिउनु पर्छ भन्ने जानकारी प्रस्तुत गरिएको छ।

एक दिनमा कसले कति पानी पिउने ?

• १ देखि ३ वर्ष - ४ गिलास

• ४ देखि ८ वर्ष - ५ गिलास

• ९ देखि १३ वर्ष - ७-८ गिलास

• १४ देखि १८ वर्ष - ८-११ गिलास

• १९ वर्षदेखि माथिका महिला - ९ गिलास

• १९ वर्षदेखि माथिका पुरुष - १३ गिलास

• गर्भवती वा स्तनपान गराउने महिला  - १०-१३ गिलास

  • न्युज बहार संवाददाता

थप