Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एक दिनमा हामीले कति पानी पिउने?

  •   ३ वर्ष अघि | २४ पुस २०८०, मङ्लबार

पुस २४, काठमाडौँ । स्वस्थ रहन साधारण व्यक्तिले एक दिनमा कती गिलास वा कति लिटर पानि पिउनु उपयुक्त हुन्छ? हामी सबैको मनमा आउने प्रश्न हुनसक्छ यो, आउनुस हामी आजको न्यज बहार. कमको जिवनशैली शिर्षक अन्तर्गत यसबारेमा केही चर्चा गरौँ ।

एक व्यक्तीले आफ्नो अनुकुल स्वास्थ्यको लागि पानी पिउन एकदमै आवश्यक हुन्छ । तर पानि पिउने भनेर जथाभावी जसरी र जतिबेला पनि पिउनु उचित नहुन पनि सक्छ । हामीले पिउने पानीको मात्रा उमेर, वजन, शारीरिक गतिविधिको स्तर र समग्र स्वास्थ्यको स्थितिमा भर पर्ने हुन्छ ।

एक सामान्य व्यक्तीका लागी भने एक दिनमा ८ गिलास पानी अर्थात कुल २ लीटर पानि पिउने सुझाव दिइन्छ ।

यसमा पनि पुरुषका लागि लगभग ३.७ लिटर  र महिलाहरूको लागि २.७ लिटर पानि दैनिक पिउन सुझाव दिइन्छ। यो पानिकोको मात्रामा अन्य सबै पेय पदार्थ र पानीका खाद्य स्रोतहरू पनि समावेश रहेका छन्।

यहाँ विभिन्न उमेर र तौल समूहहरूको लागि पानि पिउने तालिका प्रस्तुत गरिएको छ ।  

बच्चाहरु

बच्चाहरू (१-३ वर्ष) : पेय पदार्थ र खाना दुबैको संयोजनबाट प्रति दिन लगभग ४ कप अर्थात लगभग १ लिटर

बालबालिका (४-८ वर्ष) : पेय पदार्थ र खाना दुबैको संयोजनबाट प्रति दिन लगभग ५ कप अर्थात लगभग १.२ लिटर

केटा र केटीहरू (९-१३ वर्ष) : पेय पदार्थ र खाना दुबैको संयोजनबाट प्रति दिन लगभग ७-८ कप अर्थात लगभग १.७-१.९ लिटर

किशोरहरू

केटाहरू (१४-१८ वर्ष): पेय पदार्थ र खाना दुबैको संयोजनबाट प्रति दिन करिब ११ कप अर्थात लगभग २.६ लिटर

केटीहरू (१४-१८ वर्ष): पेय पदार्थ र खाना दुबैको संयोजनबाट प्रति दिन लगभग ८-९ कप अर्थात लगभग १.९-२.१ लिटर

वयस्कहरू

पुरुष (१९ वर्ष र माथि): पेय पदार्थ र खाना दुबैको संयोजनबाट प्रति दिन लगभग १३ कप अर्थात लगभग ३.१ लिटर

महिला (१९ वर्ष र माथि): पेय पदार्थ र खाना दुबैको संयोजनबाट प्रति दिन करिब ९ कप अर्थात लगभग २.१ लिटर

हामीले यस कुरामा ध्यान दिनु जरुरी छ की माथी सिफारिस गरिएको तालिकामा पेय पदार्थ र खानाबाट प्राप्त पानी सहित पानीका सबै स्रोतहरू समावेश गरिएको छ । यस अनुसार थप रूपमा, व्यक्तिगत आवश्यकताहरू फरक फरक हुन सक्छन । हाम्रो शारीरिक गतिविधि, मौसम र स्वास्थ्य अवस्थाले पानीको आवश्यकतालाई असर गर्न सक्छ। केहि व्यक्तिहरूमा उनीहरूको विशेष परिस्थिति अनुसार पानिको मात्रा निर्भर गर्दछ ।

  • सृजना प्याकुरेल

थप