चैत
१५, काठमाडौँ। विदेशमा रहेका नेपालीलाई वैदेशिक रोजगार बोर्डले आजदेखि स्वास्थ्य
परामर्श सेवा दिने भएको छ।
टेलिफोनमार्फत
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा दिन लागिएको हो।
स्वास्थ्य
समस्या पहिचान गरी समाधान उपायबारे जानकारी दिने उद्देश्यले यो सेवा सुरू गरिएको
छ। सम्बन्धित चिकित्सकहरूले नै स्वास्थ्य परामर्श सेवा दिनेछन्।
आज बिहान
१० बजेदेखि टेलिमेडिसिन सेवा सुरू गर्न लागिएको हो।
‘नेपालबाट श्रम
स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरूलाई लक्षित गरेर आज बिहान १० बजे देखि यो सेवा सुरू गर्न लागिएको वैदेशिक रोजगार बोर्ड
सचिवालयका उपसचिव राजन पौडेलले बताएका छन।
उनले भने, यि दुई ९८५१३४५७०१ र
९८५१३४५७०२ नम्बरको भाइबर, हृवाट्सएप र इमो वा सामाजिक सञ्जालबाट फोन
गरेर परामर्श लिन सकिन्छ, कसैलाई औषधि आवश्यक पर्ने भयो भने चिकित्सकहरूले
औषधिको नाम सिफारिस गरिदिने व्यवस्था रहेको छ।’
- न्युज बहार संवाददाता