जेठ ६, काठमाडौँ। हामी नेपालीहरुको साझा समस्या हो ग्याष्ट्रिक। प्राय धेरै नेपालीहरुलाई ग्याष्ट्रिक रहेको सुन्न सकिन्छ । ग्याष्ट्रिक हुदै कब्जियत र पेटको अल्सरसम्मले धेरैलाई पिरोलेको छ । यसको मुख्य कारण जीवनशैली र खानपाननै हो । ग्याष्ट्रिक बिग्रिएर नै पेटको अल्सर हुने गर्दछ ।
पेट घोच्ने, पोल्ने, दुख्ने, छती पोल्ने आदि लक्षणयुक्त समस्यालाई नै ग्यास्ट्रिक भनिन्छ । ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी लाग्ने, वान्ता हुने, छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्नु, भोक हराउनु ढ्याउ ढ्याउ आउनु, खाना नपच्ने, तौल कम हुने जस्ता समस्या देखिन्छ।
सामान्य अवस्थामा रहेको ग्यास्ट्रिकलाई हामीले घर भित्रै भन्सामा हुने घरेलु खानेकुराहरुले केही हद सम्म ठिक गर्न सक्छौँ जुन हामी आज जानकारी गराउँनेछौँ।
लसुन : हाम्रो घरमा सजिलै पाईने लसुन ग्यास्ट्रिकको अचुक औषधी हो। केहि टुक्रा लसुनलाई आगोमा पोलेर बोक्रा निकालेर वा काचो लसुन चपाएर मन तातो पानि सँग खानाले ग्यास्ट्रिक कम हुन्छ।
बेसारको पात : हाम्रो करेसाबारीमा सजिलै पाइने बेसारको पातलाई ग्यास्ट्रिकको औषधिको लागि उपयुक्त मानिन्छ । दिनको एक ग्लास दुधमा पिसिएको(चप) गरेको बेसारको पात मिसाएर दैनिक सेवन गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जान्छ ।
पुदिना : पुदिना हामिले अचार खान प्रयोग गर्ने सामान्य घरेलु विरुवा हो जसले ग्यास्ट्रिक कम गर्न मद्धत गर्छ। एक ग्लास पानीमा ताजा पुदिना राखेर उमाल्ने र सेलाएपछि मह हालेर दिनको दुई-तीन पटक खानाले ग्यास्ट्रिक समस्यालाई हटाउँछ ।
सुप : सुपलाई हामीले सधैँ औषधिकै रुपमा लिने गरेका छौँ। एक गिलास पानीमा सुपको दाना राखी उमालेर सेलाएपछि खाने गर्नाले ग्यास्ट्रिक कम हुन्छ।
आलुको जुस : काँचो आलुको बोक्रा छोडाएर काट्ने र पानीमा उमाली दिनमा एक ग्लास ३ पटक खाना अघि पिउँदा ग्यास्ट्रिकको समस्या ठिक हुन्छ।
अम्बाको पात : अम्बाको पातलाई पानीमा उमालेर दैनिक पिउँदा ग्यास्ट्रिकको समस्या कम हुनुका साथै अन्य समस्या पनि कम हुदै जान्छ ।
अदुवा : अदुवाको धूलो, नुन, हिंग पानीमा मिसाएर दैनिक खाना खाएपछि खाने गर्नाले ग्यास्ट्रिकको समस्या कम गर्न औषधिको रुपमा काम गर्छ ।
जिरा : एक ग्लास तातो पानीमा एक चम्चा जिराको गेडा राखेर उमाली केही समय सम्म यसलाई ढाकेर राख्नुहोस र केहि समयपछि खाने गर्नुस ग्यास्ट्रिक निर्मुल हुन्छ ।
दालचिनी : दालचिनीको धुलोलाई तातो दूधमा आधा चम्चा हालेर अलिकति मह मिसाएर राती सुत्नु अगाडि सेवन गर्नाले ग्यास्ट्रिकको समस्या कम गर्न मदत गर्दछ ।
बेकिङ सोडा : एक ग्लास पानिमा आधा चम्चा बेकिङ सोडा राखेर दैनिक प्रयोग गर्दा ग्यास्ट्रिकको समस्या हटाउन मदत गर्दछ।
- न्युज बहार संवाददाता