पुस २९, काठमाडौँ । माघ १ गतेदेखि पुनः काठमाडौँ
उपत्यकावासीले मेलम्चीको पानी पाउने भएका छन् । माघ १ गतेदेखि वर्षाले क्षति
पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी उपत्यकावासीका धारामा पानी पुर्याउने
कार्य थालिनेछ ।
प्रधानमन्त्री
प्रचण्डले मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गर्ने कार्यक्रम गर्नेछन । मेलम्ची
खानेपानी विकास समितिका अनुसार प्रधानमन्त्रीले पानी पुनर्वितरणको शुभारम्भ गरेपछि
घरघरका धारामा मेलम्ची पानी पुग्ने छ ।
पहिलो दिन अर्थात
माघ १ गते मिनभवन र अनामनगर केन्द्रबाट
पानी वितरण सुरु गरिनेछ । त्यसपछि क्रमशः अन्य
सबै केन्द्रबाट पनि पानी वितरण सुरु गरिने आयोजनाले जनाएको छ ।
- न्युज बहार संवाददाता