Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पेट एकदमै खाली हुदाँ खान नहुने खानेकुराहरु।

  •   ३ वर्ष अघि | ४ जेष्ठ २०८०, बिहिबार

जेठ ४, काठमाडौँ । हाम्रो पेट खाली भएको र एकदमै भोक लागेको समय हामी जे छ त्यही खाइहाल्छौँ । बस हामीलाई खाना सँग हामिलाई मतलब हुन्छ । त्यो खानेकुराले हाम्रो पेटमा कस्तो असर वा फाइदा के गर्छ हामी त्यो सोच्ने तिर लाग्दैनौँ।

यस्ता धेरै खानेकुराहरु हुन्छन जसले हाम्रो शरिरलाई नकारात्मक असर पुर्याउँछन । हामिले खाली पेटमा खानै नहुने खानेकुराहरु धेरै छन त्यी मध्ये केही तल छलफल गरिएको छ।

शख्खरखण्डः यसमा ट्यानिन र प्याक्टिन हुन्छ जुन खाली पेटमा पच्दैन र यसले पाचनक्रिया खराब हुने, छातीमा जलन हुने सम्भावना हुन्छ।

केराः केरामा म्याग्नेसियमको मात्रा अत्यधिक हुन्छ । यसलाई खाली पेट खाँदा छातीमा जलन हुने र पाचनक्रिया कमजोर हुने सम्भावना बढी हुन्छ।

दूधः यसमा पाइने स्याचुरेटेड फ्याट र प्रोटिनले पेटको मांसपेशीलाई कमजोर गर्छ र पाचनक्रियामा प्रभाव परी खोकी लाग्न सक्छ।
सुन्तलाः सुन्तलामा अर्गेनिक एसिड हुन्छ । सुन्तला खाली पेटमा खाँदा पेट र छाती पोल्ने र पत्थरीको समस्या हुनसक्छ।

गोलभेडाः खाली पेटमा गोलभेंडा खाँदा यसमा हुने एसिडले पेटमा नघुल्ने जेल पैदा गर्दछ यसकारण पत्थरीको समस्या हुनसक्छ।

चीनिः खाली पेटमा चीनी वा गुलियो खानेकुरा खाँदा रगतमा चीनिको मात्रा अत्याधिक बढ्ने गर्दछ। एक सीमासम्म यसले ऊर्जा दिन्छ । धेरै हुँदा थकान महशुस गराउँछ ।

ग्रीन टीः ग्रीन टीमा पाइने क्याफिनले शरिरमा एसिडको स्तरलाई बढाउँछ र खालीपेटमा ग्रीन टी खाँदा एसिडिटी हुने र पाचनक्रियामा असर पर्ने हुन्छ ।


  • न्युज बहार संवाददाता

थप