चैत १२, काठमाडौँ । हामी सबै अभिभावकको एउटै चाहाना हुन सक्छ की
आफ्नो सन्तान सधै स्वस्थ बलियो होस र रहोस । यही चाहानाबिच हामी धेरै अभिभावकको
समस्या हुन्छ आफ्नो बालबालिकाको तौल उमेर अनुसार नबढ्नु वा घट्दै जानु ।
यदी अन्य अवस्था सबै सामान्य रहेको छ भने बालबालिकाको वजन
नबढ्नुको कारण उनिहरले खाने खाना सँग पनि सम्बन्धीत रहेको हुनसक्छ । बालबालिकाको
तौल कसरी र कुन कुन खानाको माध्यमले बढाउन सकिन्छ, आउनुस केही समय यस बारे
चर्चा गरौँ ।
बच्चाहरूको लागि वजन बढाउने खानेकुराहरू स्वस्थ वृद्धि र
विकासलाई समर्थन गर्ने पोषक तत्वहरूले भरिपूर्ण भएको हुनुपर्छ । यहाँ यस्ता खानेकुराहरू छन् जसले बच्चाहरूमा स्वस्थ वजन बढाउन योगदान गर्दछ ।
एभोकाडो: एभोकाडो पोषक तत्वले भरिपुर्ण फल हो जसमा स्वस्थ फ्याट, भिटामिन, र खनिजहरू पाइन्छ
जसले बालबालिकाको बजन बढाउन मद्दत गर्छ । यो
फल बच्चाहरूलई सलाद जसरी काटेर वा साना बालबालिकाहरुलाई यसको प्युरी बनाएर पनि खान
दिन सकिन्छ ।
केरा: केरा पचाउन एकदमै सजिलो हुने फल हो । यो फल
कार्बोहाइड्रेट, पोटासियम र भिटामिन सी को राम्रो स्रोत पनि हो । केरा बच्चाको आहारमा एक स्वादिष्ट
खाना हुनुको साथै यसले र स्वस्थ वजन बढाउन पनि मद्दत गर्छ।
फुल फ्याट दही: फुल फ्याट दही प्रोटिन, क्याल्सियम र स्वस्थ बोसोको राम्रो स्रोत मानिन्छ जसले तौल बढाउन सहयोग गर्छ । दही छ महिनाको उमेरदेखि सबै उमेर समुहको बच्चाहरूलाई दिन सकिन्छ । दहीलाई थप स्वाद र पोषणको बनाउन यसमा फलफुल वा अनाजहरु मिसाउन सकिन्छ।
आलु: आलु कार्बोहाइड्रेट, भिटामिन, र भिटामिन ए, भिटामिन सी र
पोटासियम जस्ता खनिजहरूले भरपूर्ण हुन्छ । जसले तिनीहरूको आहारमा पौष्टिकता प्रदान
गरी बालबालिकाको स्वस्थ तौल बढाउन मदद्त गर्छ ।
ओट्स: ओट्सलाई सम्पूर्ण पौष्टिक तत्वले भरिपुर्ण अन्न भनेर
चिनिन्छ । जसले हाम्रो शरिरलाई फाइबर, प्रोटीन र ऊर्जा समेतप्रदान
गर्दछ । ओट्सलाई पकाएर वा दुध तातोपानीमा हालेर यसमा अन्य फलफुल, घ्यु, मह जस्ता
खाना मिसाएर वा यसको जाउलो वा दलिया जसरि पनि कान सकिन्छ । जसले बच्चाको तौल
बृद्धी गर्न मदद्त गर्छ ।
अण्डा: अण्डा बालबालिकाको तौल
बृद्धिको लागि एकदमै महत्वपुर्ण खाना हो । यसमा प्रोटीन, भिटामिन र खनिज आइरन
र भिटामिन डीको राम्रो मात्रामा पाइन्छ जसले तौल बृद्धी गराउँछ ।
यी बहेक शुद्ध दुध, चिज, ड्राइ फ्युट्स (जस्तै: काजु, बदाम,
किसमिस, ओखर) माछा, मासु, र अन्नहरुले पनि बालबालीकाको तौल बृद्धी गर्न मदद्त गर्छ
।
- सृजना प्याकुरेल