साउन ५, बैतडी । बैतडी जिल्लामा जङ्गलीमा पाइने विषालु च्याउ खाँदा पाँच जना सिकिस्त बिरामी भएका छन्।
बिरामी पर्नेमा बैतडी जिल्लाको सुर्नया गाउँपालिका-३ तडीगाउँका एकै परिवारका पाँच जना रहेका छन।
बिरामी परेपछी उनीहरुलाई स्थानीय वासुलिङ्ग स्वास्थ्यचौकीमा उपचारका लागि लगिएको र त्यहाँ उपचारका सम्भव नभएपछि डडेल्धुरा अस्पतालमा लगेर भर्ना गरिएको प्रहरीले जानकारी गराएको छ ।
- न्युज बहार संवाददाता