Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पोखरा महानगरपालिकामा आँखाको परीक्षण र औषधि निःशुल्क प्रदान गरिने ।

  •   ३ वर्ष अघि | २५ साउन २०८०, बिहिबार

साउन २५, कास्की । पोखरामा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिँदै गएपछी पोखराका अस्पतालले आँखाको परीक्षण र औषधि निःशुल्क प्रदान गर्न सुरु गरेका छन ।

यहाँका केही अस्पतालहरुमा पोखरा महानगरपालिकाको अग्रसरतामा साउन मसान्तसम्मका लागि आँखा जाँच तथा औषधि वितरणको व्यवस्था गरिएको हो ।

पोखराको चरक मेमोरियल हस्पिटल, मणिपाल शिक्षण अस्पताल र हिमालय आँखा अस्पतालसँग महानगरपालिकाले निःशुल्क आँखा परीक्षण तथा औषधि वितरणसम्बन्धी समझदारी गरेको छ ।

यी अस्पतालमा बिरामीलाई बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रदान गरिने छ । हिमालयन आँखा अस्पतालले महानगरको आग्रहमा सेवाका लागि टिकट निःशुल्क दिने भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा इलिया श्रेष्ठले आँखा समस्याका बिरामीका लागि निःशुल्क टिकटको व्यवस्था गरिएको बताइन् । 

रोगको सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले बुधबारदेखि शुक्रबारसम्म पोखरा महानगरले महानगर मातहतका सम्पूर्ण विद्यालय तथा शिक्षण संस्थामा बिदा दिने निर्णय समेत गरिसकेको छ । 

  • न्युज बहार संवाददाता

थप