असोज १५, भोजपुर । डोका बिक्रीबाट भोजपुरका चन्दबहादुर तामाङले मनग्य आम्दानी गर्दै आएका छन । उनको भनाइ अनुसार पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन कुनै समस्या छैन ।
उनले एकदिनमा आठदेखि दश ओटासम्म डोका तयार गर्ने गरेका छन । मासिक रु ३० देखि ३५ हजारसम्म आम्दानी उनले डोका बिक्रीबाट गर्ने गरेका छन ।
उनले भने, “चालीस वर्षअघिबाट डोका बुन्ने काम गर्दै आएको छु, “एक दिनमा आठदेखि दश वटासम्म डोका बुन्छु, डोका बिक्रीबाट मासिक रु ३० देखि ३५ हजारसम्म आम्दानी हुन्छ र डोकाबाट नै मेरो चिनारी पनि बनेको छ ।”
स्थानीय बजारमा उनले बुनेको डोका प्रतिगोटा रु तीन सय ५० देखि चार सयसम्ममा बिक्री हुने गरेको छ । घरको अन्य काम नगरी यही मात्र पेसा गर्ने हो भने वार्षिक रु सात-आठ लाखसम्म आम्दानी लिन सकिने उनी बताउँछन ।
- न्युज बहार संवाददाता