साउन १०, सुनसरी। यतीबेला सुनसरी जिल्लाको धरान उपमहानगरपालिकामा तीव्र गतिमा डेंगुको सङ्क्रमण फैलिरहेको छ । हालसम्म डेंगुको सङ्क्रमणबाट धरानमा ६ जनाको मृत्यु भइसकेको छ।
हालसम्म धरानमा ६ जनाको डेंगुकै कारण मृत्यु भएको धरान उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत उमेश मेहताले बताएका छन ।
उनले ६ जना मध्ये चार जनाको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको बताका हुन ।
वैशाख अन्तिमदेखि धरानमा डेंगुको प्रकोप बढ्न थालेको हो । अहिलेसम्म १९ सय ११ जनामा सङ्क्रमण देखिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
यसैबिच धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाएको छ। अहिले यसैलाईनै प्रभावकारी उपायको रूपमा लिएर काम अगाडि बढाइएको छ।
यस अभियान अन्तर्गत धरान ११, १५ र १६ नम्बर वडामा प्रमुख हर्क साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघा र स्वास्थ्यकर्मीसहितको टोलीले ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाएका छन ।
- न्युज बहार संवाददाता