साउन ४, चितवन । चितवन जिल्लामा
डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । जिल्लामा आर्थिक वर्ष
२०७९-८० मा डेङ्गुबाट चार जनाको मृत्यु समेत भएको छ ।
गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जनाएका छन। उक्त संख्यामा ठेगाना नखुलेका तीन सय २३ जना र चितवन बाहिरका छ सय ९५ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए ।
केसीले जिल्लामा सबैभन्दा धेरै
भरतपुर महानगरपालिकामा डेङ्गुको सङ्क्रमण देखिएको बताएका छन ।
भरतपुरमा एक हजार छ सय ४६ जना, खैरहनी नगरपालिकामा एक सय ८४ जना र रत्ननगर
नगरपालिकाका दुई पाँच ६५ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए ।
त्यसैगरी कालिका नगरपालिकामा ५५, राप्ती नगरपालिकामा एक सय जना, इच्छाकमना गाउँपालिकामा १६ र माडी
नगरपालिकामा ४० जनामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताएका छन ।
- न्युज बहार संवाददाता