बैशाख १९, काठमाडौं। आज पछिल्लो २४ घण्टामा देशभर थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज १ हजार ७१८ जनाको नमुनामध्ये १८० जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार ५३८ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी ५५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस सँगै देशभर कोरोनाको संक्रिय संक्रमितको संख्या २५२ पुगेको मन्त्रालयले जनाएको छ ।
- न्युज बहार संवाददाता