चैत
१६, काठमाडौँ । आज देशभरमा थप ४२ जना व्यक्तीमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
आज
९ सय १५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ जना तथा एन्टीजेन विधिबाट ५
जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य
तथा जनसङ्ख्या मन्त्रालयले यही अवधिभरमा थप १७ जना सङ्क्रमणमुक्त भएका छन भने
पीसीआर विधिअनुसार देशभर १२३ जना सक्रिय सङ्क्रमित रहेको जानकारी दिएको छ ।
४१ हजार
४०९ जनाले पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएका छन् ।
- न्युज बहार संवाददाता