चैत १६, काठमाडौं । कोरोनाभाइरस सङ्क्रमण नेपालमा
फेरि बढ्न थालेको छ । गएको भदौ मसान्तमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ११० थियो भने त्यसपछि क्रमशः घटेर शून्यमा
पुगेको सङ्क्रमण पछिल्लो एक सातामा बढ्दो क्रममा छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडाले चैत ८ गते शून्य सङ्क्रमण रहेकोमा चैत १३ गते आइपुग्दा ६९ जनामा सङ्क्रमण पुष्टि भइसकेको देखाउँछ ।
मन्त्रालयका अनुसार चैत १५ गते ३४ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने १४ गते २४ जनामा, १२ गते १६ जनामा, ११ गते ३ जनामा, १० गते २ जनामा र ९ गते १७ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
- न्युज बहार संवाददाता