बैशाख ९, काठमाडौं । आज पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
२२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले कोरोना संक्रमणका कारण आज एक जनाको मृत्यु भएको जनाकारी समेत दिएको छ ।
५० जना संक्रमित पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भएका छन भने हाल ३८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।