चैत २१, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आज पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
२४ घण्टाको अवधिमा १२ जना संक्रमित निको भएका छन। हाल देशभर २७९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
- न्युज बहार संवाददाता