बैशाख २९ काठमाडौँ। आज पछिल्लो २४ घण्टामा देशभर थप ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
९१६ नमुनामध्ये २६० जनाको पीसीआर परीक्षण गर्दा २१ जना र ६५६ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी ३२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १२९ पुगेको छ भने आज शुक्रबार १२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।
- न्युज बहार संवाददाता