बैशाख २८, काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१ हजार ६३० नमुनामध्ये ८२० जनाको पीसीआर परीक्षण गर्दा १० जना र ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी ३० जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै अहिले देशमा कोरोनाको सक्रिय संक्रमितको संख्या १२० पुगेको छ । आज बिहीबार ३१ जना कोरोना संक्रमणबाट मुक्त भएक छन।
- न्युज बहार संवाददाता