बैशाख ३१, काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
८४४ नमुना मध्ये २२३ जनाको पीसीआर परीक्षण गर्दा ६ जना र ६२१ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १० जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै यस सँगै कोरोनाको संक्रिय संक्रमितको संख्या १२० पुगेको छ भने आज १२ जना कोरोनाबाट निको भएर घर फर्किएका छन।
- न्युज बहार संवाददाता