कार्तिक ३, काठमाडौँ । विभिन्न बसपार्कहरूमा काठमाडौँ उपत्यकाबाट दसैँ सुरु भएसँगै गाउँ फर्कनेको भीड लाग्ने थालेको छ। आज दसैको छैटौँ दिनसम्ममा लगभग ४ लाख मानिसहरु उपत्यकाबाट बाहिरिसकेका छन । यो संख्या आझ आज र भोली अझ बढ्ने अनुमान गरिएको छ ।

दैनिक काठमाडौँको
मुड्खु भञ्ज्याङ, फर्पिङ, नागढुंगा र भक्तपुरको जगातेबाट उपत्यका छाड्नेहरूको चाप बढिरहेको छ । दसैँको
पहिलो दिन घटस्थापना देखी आज सम्म झन्डै चार लाख यात्रुले उपत्यका छाडिसकेका हुन ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू विभिन्न नाका हुँदै काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेको जानकारी दिएका छन ।

- न्युज बहार संवाददाता