भदौ २५, काठमाडौँ । १२ वर्षमाथिका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान अहिले काठमाडौँ जिल्लामा सञ्चालन भइरहेको छ ।
दोस्रो चरणको अभियान भदौ ३० गतेसम्म सञ्चालन हुनेजिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ । यस अभियान अन्तर्गत बालकालिकालाई फाइजर खोप लगाइने छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयारा जारी गरिएको सूचनामा खोप काठमाडौँ जिल्लास्थित महानगरपालिका तथा नगरपालिकाले तोकेका स्वास्थ्य संस्था तथा विद्यालयहरूमा दिइने उल्लेख गरिएको छ । यस्तै कोभिड–१९ विरुद्धको खोप सबै नगर अस्पतालहरूबाट लगाइने पनि सुचनामा उल्लेख गरिएको छ ।
- न्युज बहार संवाददाता