Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

स्याङ्जा जिल्लाका सबै स्थानीय तहको खानेपानीमा भेटियो ‘कोलीफर्म’

  •   ३ वर्ष अघि | १९ साउन २०८०, शुक्रबार

साउन १९, स्याङ्जा । स्याङ्जा जिल्लाका सबै स्थानीय तहमा खानका लागि प्रयोग गरिने खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ ।

जिल्लाका सबै स्थानीय तहबाट खानेपानीका पानीको नमूना सङ्कलन गरेर त्यसलाई परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो । 

जिल्लाका ११ स्थानीय तहबाट खानेपानीका ९४ नमूना सङ्कलन गरी परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसुन्धारा शर्माले जानकारी दिए । उक्त नमुना परीक्षण गरिएकामध्ये ४१ वटामा ‘कोलीफर्म’ भेटिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसुन्धारा शर्माले भने “मुहान, ट्याङ्की, धारा र घरबाट सबै जसो पानीको नमूना सङ्कलन गरेर परीक्षण गरिएको हो, सार्वजनिक व्यक्तिगत र संस्थागत धाराबाट समेत पानीका नमूना परिक्षण गर्दा दिसामा हुने कोलीफर्मको कीटाणु अत्यधिक मात्रा पाइएको छ।”

थप