असार २५, काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले शिशु प्रदर्शनी गर्ने भएको छ। अस्पतालले यसपटक ५९ औ शिशु प्रदर्शनी गर्न लागेको हो। प्रदर्शनीमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमै जन्मेका एक वर्षसम्मका शिशुलाई सहभागी गराइने जानकारीका अस्पतालले सोमबार एक सूचना जारी गरेको हो ।
यस प्रदर्शनीमा जन्मेदेखि ४५ दिनसम्म, ४६ दिनदेखि छ महिनासम्म र छ महिना देखि एक दिनदेखि एक वर्षसम्म गरी छुट्टाछुट्टै तीन उमेर समूहका शिशुलाई भाग लिन आह्वान गरेको छ । अस्पताले प्रदर्शनी भदौ १ गते बिहान ९ बजेदेखि अस्पतालमा हुने जनाएको छ।
आफ्नो शिशु प्रदर्शनीमा सहभागि गराउन चाहने अभिभावकले अस्पतालको नगद काउन्टरमा गई असार २५ गतेदेखि साउन २४ गते सम्म बिहान ९ देखि २ बजेसम्ममा दरखास्तका फारम बापत लाग्ने एक सय रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
- न्युज बहार संवाददाता