Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

फर्सीको मुन्टाको तरकारी खानुका फाइदाहरु।

  •   ४ वर्ष अघि | २९ बैशाख २०८०, शुक्रबार

बैशाख २९, काठमाडौँ। जेठ महिना सुरु हुनै लाग्दा यताकता अहिले बजारमा हरियो लहलह परेको देख्दै रहर लाग्ने फर्सीको मुन्टाको मुठाहरु आउन थालेको छ । देख्दै खाउँखाउँ लाग्ने फर्सीको साग फर्सीको मुन्टा वर्षाको मौसम लागे सँग प्राय सबै तिर सजिलै पाइने तरकारी हो। फर्सी पात मुन्टा फुल र फर्सी सबै हाम्रो स्वास्थ्यको लागि निकैनै लाभकारी हुन्छ।

फर्सीको पात वा मुन्टाको तरकारी खानाले पनि हामी विभिन्न रोगबाट जोगिन सक्छौँ । फर्सीको पातको साग वा फर्सीको मुन्टो खानुको फाइदाबारे हामि तपाइलाई जानकारी दिदैछौँ। 

फर्सीको मुन्टा विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ । यसमा भिटामिन ई, सी, ए, बी ६, पोटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थ प्रस्सत मात्रामा पाइन्छ।

फर्सीको मुन्टालाई  नियमित खानामा समावेश गरेरमा उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट बच्न सकिन्छ भने हरियो फर्सीको मुन्टा र पात आँखाको स्वास्थ्यको लागि लाभकारी पनि हुन्छ।

युएसडीए नेशनल न्युट्रिएन्टको एक अध्ययन अनुसार फर्सीको मुन्टामा धेरै गुणहरु हुन्छ जसले शरीरलाई खतरनाक रोग लाग्न दिदैन ।

त्यस्तै फर्सीको पातमा पाइने फाइबरले शरीरमा भएको क्यान्सर कोषीकाहरुलाई रोक्नमा मद्दत पुर्याउँछ भने यसले पाचन प्रणालीलाई स्वस्थ राख्ने, उच्च रक्तचापलाई पनि नियन्त्रणमा गर्ने, कोलेस्ट्रोललाई नियन्त्रण गर्न, छालाको लागि फाइदाजनक हुनु का साथै मधुमेह रोगबाट राहत पाउनका लागि फर्सीको साग खानु फाइदाजनक मानिन्छ । फर्सीको  सागमा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ जसले तपाईँको शरिरमा भएको ग्लुकोजको मात्रालाई कम गर्नमा मद्दत गर्छ ।

  • न्युज बहार संवाददाता

थप