Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मनतातो पानि पिउनुका फाइदाहरु।

  •   ४ वर्ष अघि | १९ बैशाख २०८०, मङ्लबार

बैशाख १९, काठमाडौँ। मानिसलाई स्वस्थ रहनका लागि पर्याप्त पानी पिउनु एकदमै आवश्यक हुन्छ।

यसरी पिउने पानी चिसो भन्दा मनतातो खालको भएमा त्यसले स्वास्थ्यमा पूराउने फाइदा अझै बढि हुन्छ ।

जाडो महिनामा त सधै सबैले मनतातो पानि नै पिउने गरिन्छ तर जाडो पछी आउने गर्मी याममा दिउसो मनतातो पानी पिउन नसक्दा समेत बिहानमा मात्र मनतातो पनि पिउन सकेमा पनि मानव शरिरलाई निकै फाइदाहुन्छ ।

बिहान खाली पेटमा मनतातो पानि पिउँदाका फाइदाहरु धेरै छन जस्तो  कि मनतातो पानी पिउनाले शरीरमा पाचन प्रक्रिया बढ्ने र वजन नियन्त्रण हुन सहयोग मिल्छ ।

त्यस्तै बिहान मनतातो पानी पिउनाले शरीरको तापक्रम बढने र शरीरबाट पसिना निस्कने हुन्छ जसले गर्दा शरीरमा भएको विषाक्त पदार्थ पसिनाबाट बाहिर निस्किन्छ

मनतातो पानी नियमति रुपमा पिउने बानिले शरिरमा रक्तसञ्चार सन्तुलित हुन्छ र मुटु सम्बन्धी समस्याबाट केही हद सम्म जोगाउँदछ ।

यस सँगै मनतातो पानिले जोर्नी मजबुत बनाउने, बाथको रोगको जोखिम कम गर्न,पाचन प्रणालीलाई तन्दुरुस्त राख्न, कब्जियतको समस्या हटाउन, घाँटीको दुखाइ तथा खोकीको समस्यामा कम गर्न, छाला सुख्खा हुनबाट बचाउन, कपाल झर्ने समस्या कम गर्न र छालालाई चमकदार बनाउन तथा अनुहारमा छिटो चाउरी पर्न नदिनका लागी मनतातो पानी पर्याप्त मात्रामा पिउनु अति आवश्यक मानिन्छ।

  • न्युज बहार संवाददाता

थप