कार्तिक २८, काठमाडौँ । बुधबार बिहानैदेखि प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटिकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर खुल्ने भएको छ ।
काठमाडौँ महानगरपालिकाले भाइटिकाका अवसरमा बुधवार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको जनाएको छ ।
काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले मन्दिर वर्षमा एक दिन भाइटिकाका दिनमात्र खुल्ने भएकाले त्यसका लागि सबै तयारी गरिएको जानकारी दिएका हुन । भोली बिहानदेखि बेलुकीसम्म भक्तजनले पूजा आराधना एवं दर्शन गर्न पाउने उनले जनाएका छन ।
- न्युज बहार संवाददाता