Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

काभ्रेमा प्रभावकारी बन्दै आयुर्वेद उपचार सेवा

  •   ३ वर्ष अघि | २६ असोज २०८०, शुक्रबार

असोज २६, काभ्रेपलाञ्चोक । आयुर्वेद उपचार सेवा काभ्रेपलाञ्चोकमा प्रभावकारी बन्दै गएको पाइएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले एक वर्षको अवधिमा जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत ३१ हजार सात सय ४२ नागरिकले सेवा लिएको जनाएको छ । 

आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा वंशवदा कौण्डिन्न्यायनीले केन्द्रमा उपचार सेवाका प्रकार बढ्दा सेवा लिनेको सङ्ख्या विगत वर्षहरुमा भन्दा करिब दोब्बरले बढेको जनाएका छन ।

डा वंशवदाले चालु वर्षका वार्षिक कार्यक्रम तथा योजना र गत आव भएका कार्यको प्रगति समीक्षा कार्यक्रममा बताए यसबारे जानकारी दिएका हुन ।

निःशुल्क औषधि तथा अन्य सेवा प्रदान गर्ने तथा आयुर्वेदको सेवामा सःशुल्क औषधि आवश्यक हुने बिरामीका लागि पाँच प्रतिशत छुटमा औषधि बिक्री गर्न सुरु गरिएको उनले बताएका छन। नागरिकहरुलाई यस व्यवस्थाले सरकारले तोकेका निःशुल्कबाहेकका अन्य अत्यावश्यक औषधि सेवनका लागि सहज भएको छ । 

  • न्युज बहार संवाददाता

थप