असोज १६, काठमाडौँ । खाद्यान्न उत्पादकहरूले दशैं
तिहार जस्ता चाडपर्व नजिकिए पनि उल्लेख्य व्यापार नभएपछि केही खाद्यान्नको मूल्य
घटाएका छन् । होलसेल व्यापारीहरुले प्रमुख खाद्यान्नहरू जस्तै खानेतेल, चामल, आँटा, मैदा, चिउराको पछिल्लो दुई साताको
अवधिमा मूल्य घटेको दावी गरेका छन् ।
नेपाल
खाद्य किराना तथा थोक व्यवसायी संघले होलसेलमा खाद्यान्नको मूल्य घटे पनि
उपभोक्तालाई जानकारी नहुँदा खुद्रा मूल्य महँगो भएको हुनसक्ने जनाएको छ ।
संघका अध्यक्ष देवेन्द्रभक्त
श्रेष्ठले चिनी, गेडागुडी र
दलहन बाहेकका खाद्य वस्तुमा मूल्य ओरालो लागेको बताएका छन । उनले भने ‘आँटा पीठो, तेल, चामल लगायतको खाद्यान्नको मूल्य होलसेलमा
घटेको छ तर खाद्यान्नको मुल्य घट्दा पनि यस वर्ष खासै ठूलो कारोबार भने भएको पनि
छैन।’
- न्युज बहार संवाददाता