भदौ २३, काठमाडौँ । दशैंको आउनै लाग्दा र चाडबाडमा
मसलाका रुपमा अत्यधिक खपत हुने जिराको मूल्य अहिले दोब्बरभन्दा बढी भएको छ । जिराको
मूल्य गत वर्षको यही बेलाको तुलनामा १२७ प्रतिशतले बढेको हो ।
२०७९ माघ १ मा जिराको प्रतिकिलो
मूल्य ५५० रुपैयाँ थियो । यो मूल्य त्यसयताको ७ महिनामा ३ पटक बढेर १२ सय ५०
रुपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । २०७९ चैत मा जिरा प्रतिकिलो
७ सय रुपैयाँ थियो । वैशाखमा जिराको मूल्य प्रतिकिलो ८५० पुग्यो ।
जिराको बिक्री मूल्य अहिले होलसेलमा १२ सयदेखि १२ सय २५ रुपैयाँ प्रतिकिलो रहेको व्यवसायीहरुले बताएका छन । नेपाल खुद्रा व्यापार संघले भदौ महिनाका लागि जिराको थोक मूल्य १२ सय ५० रुपैयाँ तोकेको छ ।
- न्युज बहार संवाददाता