Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विषादी युक्त अंङ्गुर खाँदै त हुनुहुन्न ? यसरी सफा गरेर खाने गर्नुस

  •   १ वर्ष अघि | १८ चैत्र २०८१, सोमवार

चैत १८, काठमाडौँ । अङ्गुर सबै उमेर समुहलाई मपर्ने फल हो । यो बजारमा प्रायः जसो सधैँ पाइन्छ । आज भोली बजारमा हरियो, कालो, रातो रङका अङ्गुर आउन सुरु गरिसकेका छन । अङ्गुर स्वादमा मिठो हुनुका साथै यसको सेवनले शरीरलाई पनि अनेकौँ लाभ मिल्ने गर्छ । तर आजभोली अङ्गुरको खेतीमा व्यापक स्तरमा किटनाशक हालिएको पाइएको छ । अङ्गुरको उचित वृद्धिको लागि यसमा धेरै मात्रामा कीटनाशक प्रयोग गरिन्छ । 

यदी तपाईँले सादा पानीले मात्रै धोएर अङ्गुर खाइरहनु भएको छ भने तपाईले अङ्गुरसँगै त्यसमा हालिएको विष अर्थात किटनाशक पनि खाइरहनु भएको छ । किनकी अङ्गुरमा भएको विषादी सादा पानीले मात्रै पखाल्दा पखालिँदैन । त्यसैले हरेक पटक अङ्गुर खानु अघि राम्रोसँग यसलाई सफा गर्न जरुरी छ । यसरी सफा गरेर खाँदा शरीरलाई विषादी सेवनका कारणबाट हुन सक्ने क्षतिबाट जोगाउन सकिन्छ । अङ्गुरमा भएको किटनाशक हटाउन अङ्गुरलाई सफा गर्ने प्रकृयाहरु यस्ता छन :

पहिले एउटा कचौरा पानी राखेर त्यसमा २ चम्चा समुद्री नुन र २ चम्चा बेकिङ सोडा मिलाउनुहोस । यी दुबैलाई पानीमा पूरै नघुलिनजेल सम्मको लागि पानी चलाउनुहोस । त्यसपछि यो पानीमा अङ्गुरहरूलाई हाल्नुस् । यसरी पानीमा हालिएको अङ्गुरहरू पानिमा राम्रोसँग पुरैको डुबेको हुनु पर्छ । अङ्गुरलाई यसरी करिब ५ मिनेटसम्म यो पानीमा भिज्न दिनुस् र यो पानी फ्याकेर सादा पानीले सफा गर्नुस् । अब अङ्गुर खानका लागि तयार भयो । 

अङ्गुरलाई एउटा भाँडामा राख्नुस् र त्यसलाई पानिमा भिजाउनुस । अब यसमा २ चम्चा जति डिस्टिल्ड भिनेगर वा एप्पल साइडर भिनेगर हाल्नुस् र अङ्गुरलाई यो घोलमा मिलाएर १० मिनेटसम्म भिजाएर राखिदिनुस् । १० मिनेटपछी उक्त पानी निकालेर फ्याँक्नुस् अनि अङ्गुरलाई चिसो पानीले राम्ररी पखाल्नुस । अब यसरी पखालेको अङ्गुर खानको लागि योग्य हुन्छ ।

  • न्युज बहार संवाददाता

थप