Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

काठमाडौँ उपत्यकाको वायु प्रदूषण उच्च, अर्को साता मात्र पानि पर्ने सम्भावना

  •   १ वर्ष अघि | २० चैत्र २०८१, बुधबार

चैत २०, काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण यो साताको सुरुवातदेखि नै उच्च रहेको छ । काठमाडौँ उपत्यकाको प्रदूषण बढ्दा भिजिबिलिटी पनि घट्न पुगेको छ । जसको असर विमानको उडान तथा अवतरणमा देखिएको छ ।

काठमाडौँको वायुको गुणस्तर यो साताको आइतवारदेखि निकै अस्वस्थकर भएको थियो भने केही स्थानमा त खतराको तह सम्म पुगिसकेको छ । आज बुधवार काठमाडौँ विश्वको प्रदूषित सहरहरूमध्ये दोस्रो स्थानमा रहेको छ । उपत्यकाको वायुमण्डलमा खैरो धुवाँ उडे जस्तो देखिएको छ ।

मौसमविद्का अनुसार आज काठमाडौँ सबैभन्दा धेरै वायु प्रदूषण भएको सहरको दोस्रो स्थानमा पग्नुको कारण वायु प्रदूषण घट्नु नभइ छिमेकी शहर दिल्लीको प्रदूषण बढ्नु रहेको छ । भोलि देखि थोरै प्रदूषण घट्ने देखिएको र अर्को हप्ता तिर वर्षाको सम्भावना रहेकोले । प्रदूषणका कारण आँखा पोल्न छोड्न सक्ने मौसमविद्हरुले जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप