चैत २८, काठमाडौं । करिब तिन महिनाको अन्तरालमा आज पुन एक व्यक्तीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यस अघि गएको पुस महिनामा एक व्यक्तिको कोरानाकै कारण मृत्यु भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मंगलबार वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मृत्यु भएको जानकारी दिएको छ । उक्त व्यक्ती ३ हप्ता अघि अस्पताल भर्ना भएका थिए।
यस्तै आज मंगलबार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ मन्त्रालयले जनाएको छ।
२ हजार ४३६ जनाको नमुनामध्ये ४७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र १ हजार ९६० जनाको एन्टीजेन परीक्षण गर्दा ३२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
आजको थप कोरोना संक्रमितको संख्या सँगै अब नेपालमा संक्रिय कोरोना संक्रमितको संख्या ४६९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना कोरोनाका विरामी निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरसको सङ्क्रमण दिन दिनै बढ्न थालेपछी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन सबैलाई आग्रह समेत गरेको छ ।
- न्युज बहार संवाददाता