Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै।

  •   ३ वर्ष अघि | ३१ जेष्ठ २०८०, बुधबार

जेठ ३१, काठमाडौँ। आज विश्व रक्तदाता दिवस हो। यस दिवसका अवसरमा नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

विश्वभरका देशले हरेक वर्षको जुन १४ का दिन विश्व रक्तदाता दिवस मनाउने गर्दछन ।

यस दिवस अबवसमा विभन्न कार्यक्रम मार्फत सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्ने गरिन्छ। आजको दिनलाई रक्तदातालाई धन्यावाद दिनका रुपमा पनि मनाउने गरिन्छ ।

यस वर्ष विश्व रक्तदाता दिवसका दिन ‘नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ ।

रक्तदाता दिवसको अवसरमा देशभरका विभिन्न सङ्घसंस्था र अस्पतालले रक्तदानसम्बन्धी जनचेतना फैलाउने, दातालाई प्रोत्साहन गर्ने र रक्तदानको कार्यक्रम आयोजना गरेको छन ।

  • न्युज बहार संवाददाता

थप