चैत
२५, काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रा,यले जनाएको छ।
मन्त्रालयका
अनुसार आज शनिबार थप ६४ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा पिसिआर परीक्षणबाट ४१ र एन्टिजेन परीक्षणबाट २३ जनामा संक्रमण देखिएको हो भने पछिल्लो २४ घण्टामा जम्मा ११७० जनाको परीक्षण गरिएको थियो।आजको संक्रमित संख्या थपिए सँगै हाल देशभर ३५७ जना सक्रिय संक्रमित रहेका छन्।
- न्युज बहार संवाददाता