साउन १२, कैलाली । अवैध रूपमा क्लिनिक सञ्चालन गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी जिल्लामा अवैध रूपमा क्लिनिक सञ्चालन गर्ने चार जना पक्राउ परेका हुन।
जिल्ला प्रहरी कार्यालय र प्रदेशको सामाजिक विकास मन्त्रालयको संयुक्त टोलीले बिहीबार धनगढी उपमहानगरपालिका-२ र ३ बाट अवैध मेडिकल सञ्चालन गरिरहेका चार जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूले प्रचलित कानुनबमोजिम लिनुपर्ने सञ्चालन अनुमति नलिएकोले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी गराएको छ ।
- न्युज बहार संवाददाता