माघ १, भक्तपुर
। पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप भक्तपुर जिल्लाका
१७ हजार छ सय ९१ किशोरीलाई लगाइने भएको छ ।
जिल्ला
जनस्वास्थ्य कार्यालयका अनुसार देशभर सरकारले आगामी माघ २२ देखि आगामी फागुन ६
गतेसम्म सुरु गर्न लागेको खोप अभियानअन्तर्गत भक्तपुरमा पनि १० दखि १४ वर्ष उमेर
समूहका किशारीको पहिचान गरी एचपिभी खोप लगाइने छ ।
भक्तपुरका
चार नगरपालिकामध्ये भक्तपुर नगरपालिकाका छ हजार सात सय ४२,सूर्यविनायक नगरपालिकाका चार
हजार एक सय ६२,
चाँगुनारायण नगरपालिकाका दुई हजार पाँच सय ८४ र मध्यपुरथिमि नगरपालिकाका चार हजार
दुई सय तीन किशोरीलाई एचपिभी खोप लगाइने छ ।
विद्यालयबाहिर
रहेका १० देखि १४ वर्ष उमेर समूहका एक हजार ६३ र कक्षा ६ देखि १० सम्मका १६ हजार छ
सय २८ र किशोरीलाई खोप लगाइने जनाइएको छ ।
- न्युज बहार संवाददाता