जेठ ८, बागलुङ
। यही जेठ १३ देखि २६ गतेसम्म बागलुङ जिल्लामा यस वर्ष ११ हजार सात सय ७१ जना
बालबालिकाका लागि आइपीभी खोप अभियान सञ्चालन हुने भएको छ ।
२०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले खोप अभावका
कारण यो खोप नपाएकाले खोप अभियान प्रारम्भ हुन लागेको जानकारी प्राप्त भएको छ ।
स्वास्थ्य
कार्यालय बागलुङले जिल्लाका दशवटै स्थानीय तहमा खोप सञ्चालनका लागि आवश्यक तयारी
थालेको जनाएको छ ।
- न्युज बहार संवाददाता