चैत ४, काठमाडौँ । रुसी सेनामा भर्ती भएका नेपालीसहित ८ युद्धबन्दी
युक्रेनले सार्वजनिक गरेको छ।
थुनामा
रहेका युद्धबन्दीमध्ये शुक्रबार क्युबा, सोमालिया र सियरा लियोनका एक/एक
जना र ५ नेपाली गरी ८ जनालाई सार्वजनिक गरेको समाचार संस्था रोयटर्सले जनाएको हो ।
युक्रेनी
सेनाले उनीहरूलाई सार्वजनिक गर्दै रूसी सेनामा भर्ती हुनबाट आफ्ना नागरिकहरूलाई
रोक्न आग्रह गरेको छ।
युद्धबन्दीहरुको
उपचार समन्वय विभागका प्रतिनिधि पेट्रो यात्सेन्कोले शुक्रबार पत्रकार सम्मेलनमा
भने ‘अन्य
देशले आफ्ना नागरिकहरूलाई विदेशी सेनामा भर्ती नगराउन् र उनीहरू पनि सचेत होऊन् भन्नका लागि हामीले
युद्धबन्दीलाई सार्वजनिक गरेका हौँ ताकी उनीहरू नफसुन्।’
युद्धबन्दीहरूलाई बर्दीमै पत्रकार सम्मेलनमा उपस्थित गराइएको थियो।
युक्रेनले परिचय भने कसैको पनि खुलसएको छैन । सार्वजनिक तस्बिरमा
अघिल्लो लहरमा बायाँतर्फका तीन र पछिल्लो लहरमा दायाँबाट दुईजना नेपाली नागरिक रहेको
खुलेको छ ।
- न्युज बहार संवाददाता