Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस, विभिन्न कार्यक्रम गरि मानाईदैँ।

आजको दिनलाई अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने गरिन्छ।

  •   ४ वर्ष अघि | २४ फाल्गुन २०७९, बुधबार

फागुन २४, काठमाडौं । आज ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा मात्र नभएर विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ। आजको दिनलाई अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने गरिन्छ र यो दिवस हरेक वर्ष अग्रेजी महिनाको मार्च ८ तारिखका दिन मनाउने प्रचलन छ।

क्लारा जेट्किन नारी मुक्ति आन्दोलनकी अभियन्ता हुन। उनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउन थालिएको हो।

नेपाल सरकारले पनि नारी दिवसको दिन सार्वजनिक विदा दिएको छ। ‘लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मुल राष्ट्रिय नाराका साथ नेपालमा यस वर्ष यो दिवस मनाइँदै छ।

नेपालमा पनि नारी दिवसका अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरु र दलका शीर्ष नेताहरूले शुभकामना सन्देश व्यक्त गरिरहेका छन्।

  • न्युज बहार संवाददाता

थप