Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

टाइटानिक हेर्न गएको टाइटन पनडुब्बी विस्फोट, त्यसमा सवार ५ जनाको मृत्यु।

  •   ३ वर्ष अघि | ८ असार २०८०, शुक्रबार

असार ८, काठमाडौँ । महासागरमा डुबेको विश्वको चर्चित पानि जहाज टाइटानिकको भग्नावशेष हेर्न गएको टाइटन पनडुब्बी विस्फोट भएको र त्यसमा सवार ५ जनाको मृत्यु भएको खोजकर्ताहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

पनडुब्बीसँगको सम्पर्क गत आइतबार महासागरमा डुबुल्की लगाएको १ घन्टा ४५ मिनेटमा नै टुटिसकेको थियो । पहिले नै बनाइएको तालिका अनुसार पनडुब्बी ८ घन्टामा टाइटानिकको भग्नावशेष अवलोकन गरेर माथि उत्रिसक्नु पर्ने थियो तर पानडिब्बी अहिले सम्म पनि माथी उत्रिन सकेको छैन।

टाइटन बेपत्ता भएपछि लगतै खोजी तिब्र पारिएको थियो । पनडुब्बीको खोजका क्रममा खोजकर्ताहरुले टाइटन पनडुब्बीका टुक्राहरु फेला पारेका थिए ।

टाइटन पनडुब्बीका टुक्राहरु फेला पारेपछी त्यसकै आधारमा उनीहरुले टाइटन विस्फोट भएको र सबै ५ जनाको मृत्यु भएको घोषणा गरेका हुन् ।

बीबीसीले अमेरिकी जल सेनाले विस्फोटको आवाज पनि सुनिएको बताएका दाबी गरेको छ ।

  • न्युज बहार संवाददाता

थप