साउन २७, काठमाडौँ । हवाईमा डढेलोको कारण मृत्यु हुनेको संख्या ६७ पुगेको छ । हवाईको जंगलमा लागेको डढेलो सहर सम्म फैलिए पछी मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको हो । यससँगै यो घटना राज्यको इतिहासमा सबैभन्दा घातक प्राकृतिक प्रकोप बन्न गएको छ।
लाहाइना क्षेत्रमा अझै सयौँ बेपत्ता भएको रिपोर्ट गरिएको छ भने मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
सहर लाहाइनाका केही बासिन्दाहरूलाई आगलागीबाट क्षतिग्रस्त उनीहरू घरमा क्षतिको विवरण लिन शुक्रबार छोटो समयका लागि घर फर्कन अनुमति दिइएको थियो । घर फर्किँदा उनीहरूलाई आफ्नो जीवनमा कहिल्यै नदेखेको विनाशले स्वागत गरेको थियो ।
ऐतिहासिक सहरको धेरैजसो भाग यस हप्ताको सुरुमा डढेलो तीव्र गतिमा फैलिएपछि ध्वस्त बनेको हो । पहिलो पटक शुक्रबार बसोबासको प्रमाणसहित राज्यका अधिकारीहरूले लाहाइनालाई पुनः खोलेका थिए।
- न्युज बहार संवाददाता