चैत २०, काठमाडौँ। रुसको समाचार एजेन्सी आरआईएका अनुसार रुसको गृह मन्त्रालयले सेनाका प्रमुख ब्लगर भ्लादलेन तातार्स्कीको मृत्यु भएको पुष्टि गरेको हो। साथै उक्त बिस्फोटमा अन्य १६ जना घाइते भएको जनाएको छ।
रुसको समाचार एजेन्सी आरआईएले दिएको जानकारी अनुसार भ्लादलेनलाई उपहार भनेर एक बट्टा दिइएको थियो । सोही उपहारमा आएको बट्टामा भएको बम विष्फोट हुँदा उनको मृत्यु भएको स्रोतले जानकारी दिएको छ। युक्रेनमा रुसले गरेको आक्रमणको उनले समर्थन गर्दै आएका थिए ।
भ्लादलेनले गत वर्ष युक्रेनसँगको सीमा क्षेत्रमा गरेको रिपोर्टिङको एक भिडियोको निकै चर्चा भएको थियो । उक्त चर्चित भिडियोमा उनले भनेका छन्, ‘हामीले जसलाई पनि हराउन सक्छौं, जसलाई पनि मार्न सक्छौं ।’
- न्युज बहार संवाददाता