भदौ २७, काठमाडौँ । उत्तर कोरियाली नेता किम जोन उन अहिले रूस भ्रमणमा छन् । बुधबार उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गरेको तस्वीर सार्वजनिक भएको छ ।
उनीहरुले रुसले सन् २०१६ मा बनाएको अन्तरिक्ष केन्द्र बास्तोचनी कोस्मोड्रोममा भेटवार्ता गरेका हुन् ।
सार्वजनिक भएको तस्वीरमा उनलाई पुटिनले अन्तरिक्ष केन्द्रको अवलोकन भ्रमण गराएको देख्न सकिन्छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उत्तर कोरियाका नेता उनले चासो पूर्वक केन्द्रको अवलोकन गरेका जनाएका छन् ।
- न्युज बहार संवाददाता