फागुन १९, काठमाडौँ। नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज पपुवा न्युगिनी (पीएनजी) माथि दबाबका बाबजुद जित निकालेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज शुक्रबार भएको खेलमा नेपालले पीएनजीलाई ३ विकेटले हराएको हो।
पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याउँदै दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले ४८ ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो। आसिफ शेखले नेपालका लाग नट आउट ८६ रनको अर्धशतकीय ठुलो पारी खेलेका हुन। १३० बल खेलेका उनले २ चौका र १ छक्का हानेका थिए।
त्यस्तै आजको खेलमा नेपालका लागि बलर सन्दीप लामिछानेले करियरकै उत्कृष्ट ब्याटिङ गरेका छन। उनले ५० बल खेल्दै ३ चौकाको सहयोगमा ३५ रन बनाएका हुन। एकदिवसीय क्रिकेटमा सन्दीपले सबै भन्दा बढी रन बनाएको यही पहिलो पटक हो। उनले ३५ रन नेपालको जितमा जोडेका छन। त्यस्तै नेपालका लागि कुशल मल्लले २३ रन बनाउँदा अन्य ब्याट म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
- न्युज बहार संवाददाता