Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आईपीएल र पीएसएल दुबैमा परेनन नेपाली क्रिकेट खेलाडीहरु

  •   ३ वर्ष अघि | २८ मंसिर २०८०, बिहिबार

मंसिर २८, काठमाडौँ । आगामी सिजनको पाकिस्तान सुपर लिग (पीएसएल) र इन्डियन प्रिमियर लिग (आईपीएल) दुवै विदेशी फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका खेलमा नेपाललि खेलाडीहरुको उपस्थिति नहुने भएको छ ।  दुवै विदेशी फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीहरुलाई मैदानमा देख्न नपाइने भएको हो । बुधबार राति सम्पन्न पीएसएलको ‘ड्राफ्ट’ मा कुनै पनि नेपाली खेलाडी नबिकेपछी यि दुबै खेलमा नेपाली खेलाडिको उपस्थिति नहुने निश्चित भएको हो । 

१० जना नेपाली खेलाडीले आगामी सिजनको पीएसएलका लागि नाम दर्ता गराएका थिए । त्यसमा नेपालका चर्चित लेग–स्पिनर सन्दीप लामिछाने ‘प्लाटिनम’ समूहमा रहेका थिए तर उनलाइ कुने पनि टिमले किनेनन् । यदि कुनै क्लबले प्लाटिनम’ समूहमा रहेका खेलाडीलाई खरिद गरेको भए सबैभन्दा बढी रकम प्राप्त गर्ने थिए ।

यसअघि नेपाली खेलाडीहरुले आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि पनि आफ्नो नाम दर्ता गराएका थिए । तर, कुनै पनि नेपाली खेलाडीलाई आईपीएलका ‘अक्सन’ का लागि अन्तिम सूचिमा समावेश गरिएन । नेपाली खेलाडी सन्दीप लामिछानेले यसअघि आईपीएल खेलिसकेका छन् ।

  • न्युज बहार संवाददाता

थप