बैशाख
५, काठमाडौँ। नेपालमा आजदेखि
एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरू हुन गइरहेको छ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल आज मंगलबार मलेसियासँग भिड्दै छ भने खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुन लागेको छ।
एसिसी प्रिमियर कपका लागि रोहित पौडेल कप्तान रहने छन भने नेपाली टोलीमा आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, आरिफ शेख, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतीश जिसी, भीम सार्की र ललित राजवंशी रहने छन्।
यस्तै सन्दीप जोरा, अर्जुन साउद, किशोर महतो र सूर्य तामाङलाई रिजर्भमा राखिएको छ।
एसिसी मेन्स प्रिमियर कप प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ।
- न्युज बहार संवाददाता