Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चलचित्र अभिनेत्री कंगना रनौट भारतीय जनता पार्टीको उम्मेदवार बन्ने पक्का

  •   ३ वर्ष अघि | १२ चैत्र २०८०, सोमवार

चैत १२, मुम्बई । हिमाचल प्रदेशको मण्डी लोकसभा निर्वाचन क्षेत्रबाट बलिउड चलचित्र अभिनेत्री कंगना रनौट भारतीय जनता पार्टीको उम्मेदवार बन्ने पक्का भएको छ । भाजपाले आइतबार साँझ सार्वजनिक गरेको उम्मेदवारहरूको पाँचौँ सूचीमा अभिनेत्री कंगनालाई पनि मण्डीबाट टिकट दिइएको जनाइएको छ । 

कंगनाले यसपटक भाजपाबाट चुनाव लड्ने अनुमान पहिले नै गरिएको थियो । एक दिन अगाडि मात्र कंगनाले चुनाव लड्ने संकेत पनि दिएकी थिइन् ।

टिकट पाएपछि कंगनाले सामाजिक सञ्जालमा ट्वीट गर्दै भनिन्, ‘मेरो प्यारो भारत र भारतीय जनता, मैले सधैँ मेरो भारतीय जनता पार्टीलाई बिना सर्त समर्थन गरेको छु र आज भाजपाको राष्ट्रिय नेतृत्वले मलाई मेरो जन्मभूमि हिमाचल प्रदेशको मण्डीबाट लोकसभाको उम्मेदवार बनाएको छ।’ यो सँगै उनले पार्टीमा औपचारिक रुपमा सामेल हुन पाउँदा आफू सम्मानित र उत्साहित भएको समेत जनाएकी छन ।

  • न्युज बहार संवाददाता

थप