Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

इजरायलमा इरानले गर्यो ड्रोन आक्रमण

  •   २ वर्ष अघि | २ बैशाख २०८१, आइतवार

बैशाख २, काठमाडौँ । इजरायलमा इरानले ड्रोन आक्रमण गरेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता एडमिरल डेनियल हगारीका अनुसार इरानले २०० बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको हो ।

इजरायलले १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा इरानको कुद्स फोर्सका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी हाजी रहीमीलगायतका थिए । उक्त आक्रमणको बदलामा इजरायललाई इरानले आक्रमण गर्ने धम्की दिएको थियो ।

स्थानीय समय अनुसार गएराति १:४५ बजेदेखि इरानले आक्रमण सुरु गरेको थियो । इजरायलमा आक्रमण सुरु गरेदेखि नै तनावको स्थिति रहेको थियो । टाइम्स अफ इजरायलका अनुसार आक्रमणबाट इजरायलका केही सैन्य क्याम्पमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

  • न्युज बहार संवाददाता

थप